Tuesday, November 2, 2010

तान्चोककोट एक परिचय

तान्चोककोट गाऊं कास्की जिल्लाको सदरमुकाम पोखराबाट सुदुर उत्तरी भेगमा पर्दछ । समुद्री सतहबाट करिव एक हजार मिटरदेखि ६ हजार मिटरसम्मको उचाईमा फैलिएको तान्चोककोट गाऊं नेपालका पुराना बस्ती मध्येको एक मानिन्छ । तान्चोककोट गाउा समुद्री सतहबाट करिव १६५० मिटरको उचाईमा अवस्थित छ । प्राकृतिक सौन्र्दयले भरिभराउ यस गाउं प्रचार प्रसार अभाबका कारण पर्यटकीय क्षेत्रबाट बञ्चित हुंदै आइरहेको छ
देश विदेशसम्म सुपरिचित मात्र नभई विश्वकै उत्कृष्ट दशमध्येको एक अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने यस गाउंका अधिकांश मानिसहरु रोजगारीको शिलशिलामा बेलायती सेनामा कार्यरत छन भने सैनिक सेवामा कार्य सम्पन्न पश्चात हाल पेन्सनमा रहेकाहरु पनि अधिक नै रहेका छन । त्यस बाहेक भारतिय सेनामा समेत उत्तिकै छन भने अन्य जापान, अमेरिका,अष्ट्रेलिया लगायतका युरोपयिन का साथै बिभिन्न मुलुकमा गएको पाइन्छ ।
यस तान्चोककोट गाउं बाइसे ,चौबिसे राज्यकालमा समेत एक शसक्त र नेतृत्वदायि भुमिका निर्बाह गरेको यतिहास रहेको यस गाउंबाट हाल सम्म झण्डै १५ पुस्ता पार गरेको अनुमान गर्न सकिन्छ । बिभिन्न जातजातिको नाममा बिभाजित यस गाउंमा अधिकांश मानिस गुरुङ्ग जाति र केही दलित - बिश्वकर्मा ) समुदाय पनि रहेका छन । गुरुङ्ग जाति भित्रका पनि सम्पुर्ण पंगिलामा थरका समुदाय यहां रहेको पाइन्छ ।
प्राकृतिक सुन्दरताको वर्णन गरी साध्य नै नभएको यस तान्चोक गाउंमा पुगेपछि यहााको प्राकृतिक सुन्दरताले जो कोहीको मनपनि प्रफुल्ल र आनन्दित बनाउंदछ । तान्चोककोट गाउंबाट अन्नपूर्ण ,धौलागिरी,गणेश हिमाल बाहेक बिभिन्न हिमश्रृङ्खलाका साथै पर्बत,म्याग्दी,स्याङ्गजा, बाग्लुङ्गका साथै पोखरा शहर र फेवाताल लगायतका मनमोहक दृश्यहरु सजिलै देख्न सकिन्छ ।